बंगलादेशको ढाकाबाट छुटेका दुई वटा यात्रुवाहक बस बिहीबार धुलिखेल आइपुगे


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई वटा यात्रुवाहक बस बिहीबार काभ्रेको सदरमुकाम धुलिखेल आइपुगेको छ । बस धुलिखेल आइपुग्दा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले स्वागत गरे ।

बंगलादेश, भुटान, भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को बीबीआईएन मोटर भेइकल एग्रिमेन्टअनुसार ढाकाबाट काठमाडौंका लागि छुटेका बस बुधबार दिउँसो काकडभिट्टा आइपुगेको थियो । साझ सौराहा पुगेको बस बिहीबार बिहान ६ बजे धुलिखेलका लागि हिँडेको थियो ।

ढाकाबाट करिब १२ सय किलोमिटर दुरीमा धुलिखेल आइपुगेको प्यासेन्जर बसको सञ्चालन परीक्षण ९ट्रायल रन० बंगलादेश, भारत र नेपालका सरकारी प्रतिनिधि सम्मिलित बस धुलिखेल पुगेको हो । भारतबाट १२, बंगलादेशबाट २५ र नेपालबाट ६ गरी ४३ सदस्यीय टोली छन् ।

बसको ट्रायल रन सकिएपछि अब यसको सञ्चालन र पूर्वाधारहरुको व्यवस्थापन भएमा सञ्चालन सहज हुने भौतिक पूर्वधार तथा यातायात मन्त्रलायका उपसचिव गोविन्दप्रसाद खरेलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केहि व्यवस्थापन गर्न सके दिल्ली भन्दा सहज यात्रा काठमाडौंबाट ढाकाको हुने देखिने बताए । ‘दुरीका हिसावले काठमाडौंबाट दिल्ली भन्दा ढाका ४ सय किलोमिटर नजिक छ’ उनले भने ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com