कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज आउने पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकता


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

वैशाख१०, सुर्खेत । कर्णाली प्रदेश सरकारको तीन महिने नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने र त्यसलाई पारित गर्ने कार्यसूची छ ।

सरकारका प्रवक्ता भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीका अनुसार पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com