मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब !


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ ।

व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको शाखा कार्यालय गायब भएको हो ।

निषाधले वीरगञ्जको पानी ट्यांकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्टारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् ।

कार्यालय स्थापना भएपछि वीरगञ्जका व्यवसायीहरु कम्पनी दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भन्दै खुसी भए पनि अहिले घरेलु तथा साना उद्योगका कर्मचारीलाई नै यसको कुनै जानकारी छैन ।आजको कारोवार दैनिकमा यो खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com