पार्टी एकता अन्तिम चरणमा : प्रचण्ड


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

वैशाख ९, काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको अन्तिम तयारीमा पुगिसकेको दाबी गर्नुभएको छ ।

पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादीकेन्द्रबीच पार्टी एकता अन्तिम तयारीमा पुगिसकेको बताउनुभएको हो । प्रचण्डले एकीकृत पार्टीको केन्द्रीय कमिटी निर्माणको अन्तिम तयारीको क्रममा रहेको जानकारी दिनुभयो ।

संयुक्त सभामा राखिएको व्यानर विवादले समयमा कार्यक्रम सुरु हुन नसकेको घटनालाई इंगित गर्दै प्रचण्डले घटनाबाट आफुहरुले नयाँ पाठा सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज जुन जोल्टिङ देखियो, त्यसले नयाँ पाठ सिकेका छौं’ ।

२०१९ सालपछि पार्टी विभाजनको प्रक्रिया सुरु भएपछि यो पहिलो संयुक्त कार्यक्रम भएको बताउँदै उहाँले ‘ऐतिहासिक कार्यक्रम समयमै सुरु गर्न सकेनौ। त्रुटिरहित तरिकाले सुरु गर्न सकेनौ। केही तनाव हामीलाई पनि भयो। तपाइहरुलाई पनि भयो होला। देशभरिका जनतालाई पनि भयो होला। अलिकति खचमच त हुन्छ नै। यस्तो परिघटनाले शिक्षा लिनुपर्छ’ भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब, ह्रस्व दीर्घमा पार्टी फुट्ने दिन गए भन्दै प्रचण्डले ठक्कर खाएर चामत्कारिक रुपमा सुरु गरिएको एकता प्रक्रिया चामत्कारिक रुपमै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com