लागूऔषध र गोलीसहित एक जना पक्राउ


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

वैशाख ९, उदयपुर । त्रियुगा नगरपालिका–६ जलजलेका ३२ वर्षीय गणेश चौधरी राइफलको लागूऔषध र गोलीसहित पक्राउ परेको छन्। शनिबार राति प्रहरीले चौधरीको घरमा खानतलासी गर्दा गोली र लागूऔषध भेट्टाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा चौधरीको घरमा खानतलासी गर्दा उक्त वस्तु फेला परेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । ‘सूचना पाएअनुसार राइफलसमेत छ भन्ने छ,’ एसपी भट्टले भने, ‘पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।’ पक्राउ परेका चौधरीको घरबाट ३०३ थान राइफलको गोली, लागूऔषध नोफिन एक, फेनेरागन एक, डाइजाल्याब एक एम्पुल, मोबाइल नौ थान, एउटै व्यक्तिको नागरिकता तीन थान, सिरिञ्ज एक थान, रबरको स्ट्याम्प छाप एक थान बरामद गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com