मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने,

-सुरुङ खन्नु अघि हेलम्बु, इचोक, महांकाल, थकजनी, हैबुङलगायतका मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित वस्तीमा खानेपानीको राम्रो व्यवस्था थियो ।

-अहिले यी ठाउँमा खानेपानी सुकिसक्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

-सुरुङ खन्न शुरु भएपछि बस्तीमा यस्तो अवस्था सिर्जना भएको छ ।

-सुरुङ खन्नका लागि विस्फोट गर्दा जमिनमुनि थर्किएर खानेपानीको मुहान सबै सुकेको हो ।

-हाम्रो अवस्था काकाकुलको जस्तै भइरहेको छ ।

-यस्तो अवस्था भइरहँदा पनि समस्याको समयमै समाधान गरिएन भने मेलम्चीको पानी लान नसोचे हुन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com