बागमतीमा ११ लाख सवारीसाधन दर्ता


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् ।

सवारीसाधन दर्ताको हिसाबले कर्णाली सबैभन्दा पछाडि छ । कर्णालीमा अहिलेसम्म ८ सय २२ सवारीसाधन दर्ता भएका छन् । कर्णाली अञ्चलमा सबैभन्दा पछि आर्थिक वर्ष ०७२/७३ देखि मात्र सवारी दर्ता गर्न थालिएको हो । याे रिपाेर्ट अाजकाे नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगाना, जीवन बस्नेतले लेखेका छन् ।

२८ वर्ष ३९ गुणाले वृद्धि
२८ वर्षअघि आर्थिक वर्ष ०४६र४७ मा नेपालमा कुल सवारीसाधन ७६ हजार ३७८ मात्र थिए । अहिले ३० लाख आठ हजार १०९ छन् । यो अवधिमा २९ लाख ३१ हजार ७३१ सवारीसाधन थपिएका छन् । यो २८ वर्षअघिका सवारीसाधनको तुलनामा ३९ गुणा बढी हो ।

७३ हजारमध्ये ५१ हजार किमि सडक विनाइन्जिनियरिङ निर्माण

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकभर रहेको सडकमध्ये ७०५ ९५१ हजार २०८ किमि सडक इन्जिनियरिङ डिजाइनबिना नै निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज काफ्लेका अनुसार २१ हजार ९४७ किमि सडक मात्र इन्जिनियरिङ डिजाइनमा निर्माण भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कुल सडकमध्ये २० हजार किमि मात्र बाह्रै महिना सवारीसाधन चल्छन । त्यस्तै, २५ हजार किमि सडकमा केही महिना सवारी चल्छन् भने बाँकी २८ हजार किलोमिटर सडकमा सवारीसाधन गुड्दैनन् ।

देशभरका कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये २३ लाख ७२ हजार ३१६ मोटरसाइकल छन् । यो कुल सवारीसाधनको ७८५ हो । त्योभन्दा पनि चाखलाग्दो विषय त कुल मोटरसाइकलमध्ये ३७५ बागमती अञ्चलमा मात्र छन् । यसको अर्थ आठ लाख ७६ हजार ५५१ वटा मोटरसाइकल बागमती अञ्चलमा मात्र दर्ता भएका छन् ।

एकैवर्ष साढे चार लाख सवारी थप

पछिल्ला केही वर्षदेखि सवारीसाधन आयातमा हुने वृद्धि आकासिँदै गएको छ । आर्थिक वर्ष ०७३र७४ मा मात्र चार लाख ४४ हजार २५९ सवारीसाधन दर्ता भएका छन् । यो अहिलेसम्मकै उच्च आयात तथा दर्ता हो । चालू आर्थिक वर्ष ०७४र७५ को पहिलो सात महिना ९साउन–माघ०मा दुई लाख २४ हजार ६८१ सवारीसाधन दर्ता भइसकेका छन् । बाँकी ५ महिनामा यो संख्या वृद्धि भई पाँच लाख पुग्ने सम्भावना रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसअघि, एकैवर्ष सबैभन्दा बढी आव ०७२र७३ मा तीन लाख ६३ हजार ६६५ सवारीसाधन दर्ता भएका थिए ।

‘ठूला सवारीसाधनको प्रयोगमा वृद्धि आवश्यक’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले सडक र सवारीसाधनको अनुपात हरेक वर्ष वृद्धि हुँदै गएको बताएका छन् । उनका अनुसार, संसारमा यति सडकलाई यति नै सवारीसाधन हुनुपर्छ भन्ने केही छैन । तर, सडक र सवारीसाधनको व्यवस्थापन महत्वपूर्ण हुन्छ । नेपालमा मोटरसाइकलको संख्या अधिक ९७८ प्रतिशत० भएकाले पनि सवारीसाधनको संख्या धेरै देखिएको हो । यसका लागि सवारी आयातमा नियन्त्रण गर्ने नीति ल्याउने र सडक वृद्धि गर्दै जाने एउटा उपाय हुन सक्छ । त्योभन्दा पनि ठूला सवारीसाधनको प्रयोग र आयातमा वृद्धि र प्रोत्साहन गर्न आवश्यक छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com