संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

वैशाख ८, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ ।

निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअनुसार कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।

“विद्यार्थी भर्ना हुँदा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा नलिने देखिएकाले जन्म दर्ताको प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्न निर्देशन गरेका छौं” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो ।

“विद्यालयले विद्यार्थी ओसारपसार गर्न प्रयोग गर्ने यातायातको साधन सुन्तला रंगको हुनुपर्ने, अनिवार्य छात्रा शौचालयको व्यवस्था हुनुपर्ने, शुद्ध पेयजलको व्यवस्था, दण्डरहित एवं बालमैत्री वातावरणमा पठनपाठनको व्यवस्था गर्नका लागि संस्थागत विद्यालयका सञ्चालकलाई भनेका छौं” अधिकृत अवस्थीले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेष अवस्थाका बालबालिका मैत्री, परीक्षा केन्द्रित मात्रै नभइ पाठ्यक्रमले तोकेको सिकाइ उपलव्ध केन्द्रित हुनुपर्ने, विद्यालयले तिर्नुपर्ने सरकारी कर समयमै तिरी लेखापरीक्षण अनिवार्य रुपमा गराउनुपर्ने र वार्षिकोत्सव जस्ता कार्यक्रममा राष्ट्रियता झल्किने कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

संस्थागत विद्यालयका लागि जारी निर्देशन कार्यक्रममा संंस्थागत विद्यालयका सञ्चालकको सहभागिता रहेको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com