महासंघले भन्यो, यातायातको मात्र नभएर उद्योग, भन्सारको सिन्डिकेट पनि अन्त्य होस्


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

वैशाख ८, काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले शनिवार एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर उद्योग, भन्सारलगायतका क्षेत्रमा भएको सिन्डिकेटसमेत खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी समय व्यतित भइसकेको, खुलाबजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सान्दर्भिक छैन भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

विगतको राजनीतिक तरलताको फाइदा उठाउँदै भएको सिन्डिकेटको खारेजीमा सघाउन आम समुदायलाई महासंघले अपिलसमेत गरेको छ । महासंघले सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com