षड्यन्त्र विफल पार्ने एमाले शीर्ष नेताको उद्घोष


प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित तीनैजना शीर्ष नेताले संविधान कार्यान्वयन रोक्ने षड्यन्त्र विफल पार्ने उद्घोष गर्दै तीनै तहको निर्वाचनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।

सरकार र सत्तारूढ दल निर्वाचन नै नगराई संवैधानिक तथा राजनीतिक शून्यता ल्याउने षड्यन्त्रमा रहेको भन्दै त्यसलाई चिर्न निर्वाचनको तयारी अघि बढाउन नेताहरूले निर्देशन दिएका थिए । बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन तयारीमा जुट्न निर्देशन दिएको सचेतक गोकुलप्रसाद घर्तीले जानकारी दिए । ‘बैठकमा तीनैजना नेताको समान धारणा आएको छ, तीनै नेताले अब हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्,’ सचेतक घर्तीले राजधानीसँग भने, ‘उहाँहरूको निर्देशनअनुसार एमालेका सांसदहरू अब निर्वाचनको तयारीमा जुट्नेछन्, निर्वाचन नै नगराउने सरकार र सत्तारूढ दलको षड्यन्त्रलाई जनतामाझ लगेर भन्डाफोर गर्ने अभियान पनि चलाउनेछन् ।’

संसदीय दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले संविधान गतिशील दस्तावेज भएकाले केही कमी/ कमजोरी भए सच्याउन सकिने तर अहिलेको प्रमुख उदेश्य संविधान कार्यान्वयन भएकाले संविधान कार्यान्वयनतिरै ध्यान दिनुपर्ने निर्देशन दिए । ‘संविधान गतिशील दस्तावेज हो, केही कमीकमजोरी भए सच्याउन सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद हरि उप्रेतीले भने, ‘तर अहिले संविधान कार्यान्वयनको समय भएकाले संविधान कार्यान्वयन भएपछि सच्याउन सकिन्छ ।’ वरिष्ठ नेता खनालले संविधानले सबै समुदाय र वर्गका अधिकार सुनिश्चित गरेकाले यसको कार्यान्वयनका लागि तीनै तहको निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘नयाँ संविधानमा सबैको अधिकार सुरक्षित र सुनिश्चित गरिएको छ, कसैको भड्काउमा लाग्न जरुरी छैन,’ खनालले भने, ‘संविधानको कार्यान्वयनले नै सबै समुदाय र वर्गको प्रगतिका साथै मुलुकले पनि उपलब्धि हासिल हुनेछ ।’ अर्का वरिष्ठ नेता नेपालले संविधानको कार्यान्वयनबाटै मुलुकको आर्थिक प्रगति हुने भएकाले संशोधनभन्दा पहिला त्यसको कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताए । ‘संविधानमा संशोधन नै गर्न सकिँदैन भन्ने होइन, संविधान संशोधनीय भएकाले समय र जनताको मागअनुसार संशोधन गर्न सकिन्छ,’ नेपालले भने, ‘तर संविधान कार्यान्वयनका बेलामा संशोधनको हल्ला गर्नुले कार्यान्वयन पक्ष कमजोर हुन्छ त्यसैलै हामी सबै कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको हल्ला गर्नुले प्राप्त उपलब्धि गुम्न सक्ने खतरा शीर्ष नेताले औंल्याएका छन् । संविधानले नै सुनिश्चित गरिसकेको अधिकारलाई स्थायित्व प्रदान गर्नका लागि यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने जोड शीर्ष नेताको रहेको सांसद उप्रेतीले बताए । एमालेको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले निर्वाचनलाई केन्द्रित गरी चारमहिने संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानको मूल उद्देश्य संविधानका मुख्य विशेषताहरू, तिनमा एमालेका नीतिको प्रभाव तथा संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाका सम्बन्धमा आमजनतालाई स्पष्ट पार्नु रहेको राजधानीमा खबर छ ।

यस्तै, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको कार्यकालमा हासिल उपलब्धिका बारेमा जनतालाई प्रस्ट पार्ने, एमाले नेतृत्वको सरकार विस्थापनपछि सुरु भएको राजनीतिक कोर्स (धार) परिवर्तनसँगै उत्पन्न राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको उदासीनता, अन्तर्राष्ट्रिय सम्बन्धमा वर्तमान सरकारका असन्तुलित नीति एवं तिनले नेपालको राष्ट्रियतामा पार्ने असरका बारेमा जनतालाई सजग बनाउने उद्देश्यसमेत अभियानको रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com