काठमाडौँबाट हतियारसहित एक युवा पक्राउ
प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार
वैशाख ८, काठमाडौं ।– राजधानीको ठमेलस्थित ज्याठाबाट हतियारसहित एक २० वर्षीय युवा समातिएका छन् ।
मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली सहित महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले शनिबार पक्राउ गरेको हो ।
प्रहरीले उनलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।






