भिरबाट लडेर एक जनाको मृत्यु
प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार
वैशाख ८, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–४ का ५० वर्षीय गोपालजङ्ग विकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा विकको आज लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बाटोभन्दा करिब ३०० मिटर तल भिरमा शव फेला परेको उहाँले बताउनुभयो । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल पश्चिममा पठाएको छ ।






