वैशाख ९ मा प्रदेश ७ को बजेट प्रस्तुत


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैशाख ७, धनगढी । प्रदेश ७ को सरकारले यही वैशाख ९ गते बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७४र७५ को बाँकी अवधिका लागि प्रस्तुत हुन लागेको अल्पकालीन बजेट रु एक अर्ब दुई करोड पाँच लाखको हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले चालु आवको बाँकी अवधिका लागि बजेट प्रस्तुत गर्न वैशाख ६ गते प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको सचिवालयका सचिव बालाराम शर्माले बताए।

कमजोर वित्तीय अनुशासन, राजश्व चुहावट, करको साँघुरो दायरा, आम्दानीभन्दा बढी खर्चका कारण प्रदेशको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा पहिलो पटक ल्याउन लागिएको बजेटले आगामी आवमा ल्याइने पूर्ण बजेटलाई निर्दिष्ट गर्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com