त्रिभुवन विमानस्थलको उडान र अवतरण दुवै ठप्प


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

मलेसिया उड्न लागेको मालिन्दो एयर, धावनमार्गबाट चिप्लिएपछि गएरातीदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विहान ९ बजेबाट आन्तरिक उडान सञ्चालनमा आएको हो ।

अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन भने अझै केही समय लाग्ने बिमानस्थलले जनाएको छ । धावनमार्गबाट चिप्लिएर भास्सिएको सो बिमानलाई सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले हटाउने प्रयास गरिरहेका छन् ।

विमानस्थलमा गएरातिदेखि कुनै पनि विमान अवतरण नभएपछि अन्य देशबाट आएका विमानलाई भारतको विमानस्थलमा डाइभर्ट गरिएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

काठमाडौंबाट मलेसियाका लागि उडान भर्न लागेको मालिन्दो एयरको जहाज गएराति १० बजेर ७ मिनेटमा धावनमार्गबाट चिप्लिएर झण्डै एक सय फिट दक्षिणमा भासिएको छ । सो बिमानमा १ सय ३९ यात्रु  रहेका थिए । उनीहरु सबै सकुशल छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com