मन्त्री गिरिराजमणि पोखरेलको गाडी टिप्परको ठक्करबाट क्षतिग्रस्त, चालक घाइते


प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार

काभ्रे, ५ वैशाख– हलुका खालका सवारी साधन मात्र गुड्ने गरी निर्माण गरिएको बीपी राजमार्ग बालुवा र गिट्टी बोक्ने टिप्परका कारण क्षतिग्रस्त बन्दै गएको छ । टिप्परकै कारण राजमार्गमा गुड्ने अन्य साना गाडीका यात्रुहरुले ठूलै समस्या भोग्नु परेको छ ।

सर्वसाधारणले त समस्या भोगेका छन् नै संघीय सरकारका मन्त्रीसमेत टिप्परको आतंकबाट पीडित भएका छन् । मंगलवार बीपी राजमार्ग हुँदै महोत्तरीको बर्दिवास जान लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलेको गाडी टिप्परको ठक्करबाट क्षतिग्रस्त बनेको छ ।

बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर दिँदा मन्त्री पोखरेल चढ्ने बा २ झ ३३९७ नम्बरको गाडीका चालकसमेत सामान्य घाइते भएका छन् । टिप्परको ठक्करबाट गाडीको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

विद्यालय भर्ना अभियानसम्बन्धी कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री पोखरेल गृहजिल्ला जान लागेकाले खाली गाडी बीपी राजमार्ग हुँदै बर्दिवास जाँदै थियो । मन्त्री भने प्लेनमार्फत् गृहजिल्ला गएकाले दुर्घटनाबाट जोगिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सहकुल थापाले मन्त्रीको गाडीलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको बताए । गाडीमा भएको क्षतिको पूर्ति गरेपछि उनीहरुलाई छाडिने एसपी थापाले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com