सोल्टी होटलको क्यासिनोमा प्रहरीको छापा, ८ जनालाई पक्राउ


प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार

वैशाख ५, काठमाडौं । नेपाल प्रहरीले होटल सोल्टीमा रहेको माजोङ क्यासिनोमा छापा मारेको छ । क्यासिनोका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ ।

क्यासिनोमा नेपालीलाई जुवा खेलाइएको सूचनाका आधारमा मंगलबार राति छापा मारेको बताइएको छ । छापा मार्न पुगेको महानगरीय प्रहरी परिसरको टोलीले जुवा खेल्ने र खेलाउने कार्यरमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसरका अनुसार, पक्राउ पर्ने ६ जुवाडे रहेका छन् भने २ जना क्रमशः सञ्चालक र म्यानेजर रहेका छन् ।

प्रहरीले क्यासिनोका म्यानेजिङ डाक्टर ४५ वर्षीय विनोद श्रेष्ठ, कार्यकारी अधिकृत ओम कर्माचार्य र जुवा खेलमा संलग्न मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शिखर पौडेल, काठमाडौंका तेन्जिङ, रञ्जित खड्गी, अरुण सेडाई र पासाङ ठकुरीलाई पनि नियन्त्रणमा लिइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com