घुस लिँदै गर्दा मालपोत कार्यालय नायव सुब्बा पक्राउ
प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार
वैशाख ५, काठमाडौं । मालपोत कार्यालय नायव सुब्बा ११ हजार घुस लिदा लिँदै पक्राउ परेका छन् । मंगलबार मझगावाँ रुपन्देहीमा कार्यरत नायव सुब्बा हरिप्रसाद पौडेल ११ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका हुन्।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नासु पौडेलसहित लेखापढी व्यवसायी रामलखन पाण्डेलाई पक्राउ गरेको थियो ।
नासु पौडेलले लेखन्दास पाण्डेमार्फत् रु ६,००० सेवाग्राहीसंग रु ५,००० समेत गरी रु ११, हजार घुस वापतको रकम लिंदालिंदै पक्राउ परेका हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जनाएका छन् ।






