अज्ञात समूहद्धारा भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट


प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार

वैशाख ४, विराटनगर । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति बम विष्फोट गराएको छ ।

दूतावासको बाहिरी हातामा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले गएराति सम्पर्क कार्यालयमा लक्षित गरी बम विष्फोट भएको जानकारी दिए ।

बम विस्फोट हुँदा दूतावासको सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको हात रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com