नेपालगञ्जमा पेस्तोलसहित २ जना पक्राउ


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, नेपालगञ्ज– नेपालगञ्जमा प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ।

मनकामना ग्याँस उद्योग नजिकै कोहलपुर–नेपालगंन्ज सडक खण्डअन्तर्गत जानकी गाउँपालिका– ६ बस्ने वर्ष ३६ को प्रमोद कुमार चमार र शोभाराम यादबलाई प्रहरीले पक्राउ गरेको हो।

चमारले चलाएको भे ३ प ४३४ नम्वरको पल्सर मोटर साईकलमा लुकाई छिपाई हात हतियार ल्याउदै गरेको छ भन्ने सुचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय नेपालगंजबाट असई राज कुमार सिंह समेतको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट ३ वटा गोलीसहितको पेस्तोल भेटिएको हो।

उनीसँग सोधपुछको क्रममा यादवसँग पेस्तोल किनेको बताएका थिए। त्यसपछि यादवलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको हो। संघीय प्रहरी एकाइले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com