निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, काठमाडौं– निजी विद्यालयहरुले गरेको शुल्क वृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सोमबार नेविसंघ केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले निजी बिद्यालयहरुले गरेको शुल्क वृद्धि, सरकार र विद्यार्थीविच बारम्बार भएका सहमतिबिरुद्ध भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विद्यार्थीहरुले नीजि विद्यालयले मनोमानी रुपमा सहमतिविपरित शुल्क वृद्धि गर्दा पनि सरकार मौन रहेकोमा आपत्ति समेत जनाएका छन् । विद्यार्थीहरुले बढेको शुल्क तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सोमबारको बैठकले तत्कालका लागि बैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने र बैशाख ५ गते पद्मोदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा नेविसंघका अध्यक्ष नैन सिंह महर, अखिलका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगायत ९ विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com