विरोध प्रदर्शन र सभा गर्न तोकियो काठमाडौंका यी सात स्थान


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

सरकारले काठमाडौंमा प्रदर्शन गर्न तथा सार्वजनिक कार्यक्रम गर्नका लागि निश्चित ठाउँ तोकेको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको आइतबार बसेको बैठकले सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्नका लागि सात स्थानलाई तोकेको छ।

केहीदिन अघि गृहमन्त्री रामबहादुर थापा बादलले गृह प्रशासन सुधार कार्ययोजनामा विरोध प्रदर्शनमका लागि निश्चित स्थल तोक्ने बताएका छन्। काठमाडौं जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागु हुनेगरी निम्त सात स्थललाई सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शनका लागि छुट्याएको छ।

क. खुलामञ्च

ख. तीनकुने खुल्ला चौर कोटेश्वर

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग. भुईँखेल भगवान पाउ

घ. पेप्सीकोला खेलमैदान

ङ. सानो गौचरण फुटबल मैदान

च. लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान

छ सिफल चौर गौशाला

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com