सशस्त्र प्रहरी प्रमुख (आईजीपी)मा शैलेन्द्र खनाल नियुक्त


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

सरकारले सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले एआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।

खनाल आफ्ना प्रतिस्पर्धीभन्दा १० महिना सिनियर सशस्त्र प्रहरी अधिकृत हुन् ।

को हुन् शैलेन्द्र खनाल ?

नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा छिरेका शैलेन्द्र खनाल व्यवसायिक र इमान्दार अफिसरको रुपमा परिचित छन् । आफ्ना ब्याचमेटहरु नेपाल प्रहरीमा भर्खर प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जामा भए पनि खनाल सशस्त्र प्रहरी बलको बागडोर सम्हाल्ने भाग्यमानी अफिसर हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले खनाललाई एआईजी बढुवा गरेको बेला सशस्त्रका डिआईजी उत्तम खड्का उनको बढुवाविरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट उपर अन्तरिम आदेश नभसँगै खनालको आईजिपी हुने बाटो तय भैसकेको थियो ।

त्यतिबेला जित बहादुर पुन खनालसँगै एआईजीमा बढुवा भएपनि उनी पदावधिका कारण घर गईसकेका छन् । त्यसैबेला पछि परेका एआईजी पुष्पराम केसी खनालभन्दा करिब १० महिना ढिला एआईजिमा बढुवा भएका थिए । यसरी आफ्ना प्रतिस्पर्धी केसी १० महिना जुनियर भएसँगै खनालले ३५ हजार सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने मौका पाएका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com