सार्कको विकल्पमा बिमस्टेक !


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

के ‘बिमस्टेक’ सार्कको विकल्प हो ? यही विषयमा पछिल्लो समय भारतले ‘ब्रिक्स सम्मेलन’को क्रममा छलफल अघि सारेको छ । भारतले सार्कको विकल्पको रूपमा बिमस्टेक मुलुकको राष्ट्राध्यक्षबीच निम्तो दिएर पाकिस्ताललाई अलग गर्ने प्रयास गरेको प्रस्ट देखिन्छ ।

भारतमा आयोजित ब्रिक्स सम्मेलनको दौरानमा बिमस्टेक नेताहरूबीच चीन, रुस, दक्षिण अफ्रिका र ब्राजिलका नेताहरूसँग भेटघाट भएको छ । बिमस्टेक अर्थात् ‘द वे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरोसन’ मा भारतको अलावा बंगालको खाडीआसपासका मुलुकहरू सहभागी रहेका छन् । जसमा बंगलादेश, भुटान, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड रहेका छन् । भारत–पाक विवादपछि भारले इस्लामाबादमा हुन लागेको सार्क सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ । पाकिस्तानले आतंककारी गतिविधि गरिरहेकाले भारत सार्कभन्दा बिमस्टेकलाई प्राथमिकतामा राख्ने तयारी गरिरहेको प्रस्ट भएको छ ।

बिमस्टेकमा पाकिस्तान सदस्य नभएकाले भारतले सार्कको विकल्पको रूपमा बिमस्टेकलाई अघि बढाउने विकल्प तयार गरिरहेको छ । यस्तै, पाकिस्तानले पनि एसियाली देशको प्रतिनिधिको रूपमा सेन्ट्रल एसियाली देशमा आफ्नो प्रतिनिधि पठाएको छ । यसबाट पाकिस्तान पनि इरानको साथ लिएर सम्बन्ध विस्तारमा लागेकाले भारत अझ रुष्ट भएको छ । जसबाट पाकिस्तान पनि इरानको साथ लिएर सार्कको विकल्प खोजिरहेको प्रस्ट भएको छ । भारतका पूर्वविदेश सचिव मुचकुन्द दुबेले सार्क पछिल्लो ३० वर्षमा निष्क्रिय रहेको बताएका छन् ।

‘दक्षिणपूर्व एसियाको तर्फबाट हाम्रा नीति धेरै पहिला बनिसकेका छन्,’ उनले भने, ‘पछिल्लो ३० वर्षमा जुन स्थिति सार्कमा देखापरेको छ, जुन मृतसरह हुँदै आएको छ । प्रत्येक वर्ष हुने सम्मेलन नियमित प्रक्रियाजस्तो मात्रै भएको छ । सार्क सम्मेलनहरूले ठोस निर्णय लिन नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । यसको मुख्य कारण राजनीतिक विभाजन नै हो ।’ उनले बिमस्टेक र र्साकमा कुनै भिन्नता नभएको भन्दै सार्कको विकल्पको रूपमा बिमस्टेकलाई लिँदा समस्या नहुने तर्क गरे । यस्तो हुनुको मुख्य कारण भनेको यसका सदस्य राष्ट्रहरू अन्य मुलुकसँगको स्वतन्त्र व्यापार सम्झौताका सदस्य रहनु नै भएको उनको धारणा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, विदेश मामलाका जानकार प्रस्पेस पन्तले यस्ता मञ्चहरूले पाकिस्तानलाई राख्नु अनिवार्य नभएको तर्क गरे । तर, उनले यस्ता गतिविधिले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत र अन्य केही मुलुकले सहभागिता नजनाउँदैमा उसको अस्तित्व नै संकटमा पर्ने विषय आफूलाई स्वीकार्य नभएको तर्क गरे । उनका अनुसार रुस र श्रीलंकाका सेनाले पाकिस्तानमा साझा सैन्य अभ्यास गरिरहेकाले पनि पाकिस्तानको आफ्नो अस्तित्व गुम्नेछैन ।

बिमस्टेकको सवालमा भन्ने हो भने जानकारहरूले सार्कको नामबाट भारतले दक्षिण एसियामा क्षेत्रीय सहयोगको साथमा व्यापार पनि गरिरहेको राजधानीमा खबर छ । यस्तै बिमस्टेकको साथै भारतले दक्षिण–पूर्वी एसियामा आपसी सहयोग तथा व्यापार अघि बढाइरहेको छ । जनकारहरूले सार्कको विकल्पको रूपमा भारतले बिमस्टेकलाई धेरै प्रोत्साहन गरिरहेको छ ।

उन्डी हमला पनि भारत र पाकिस्तानबीचको सम्बन्धमा आएको दरार नयाँ विषय नभएकाले यसलाई ठूलो बनाउनु आवश्यक नभएको विदेश मामिलाका जानकारहरूले बताउँदै आएका छन् । दुई देशबीचको यो सम्बन्ध कुनै नयाँ नभएको उनीहरूले बताउँदै आएका छन् । कूटनीतिक सवालको विषयमा भन्ने हो भने विदेश नीतिको स्पष्ट सिद्धान्त भनेको प्रक्रियामा आधारित हुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com