उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी दाबी


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन्। सो क्षेप्यास्त्र उत्तर कोरियाको गुआमबाट अमेरिकी सैन्य शिविरसम्म हान्नसक्ने क्षमता रहेको बताइएको थियो।

उत्तर कोरियाले गतःशनिबार मध्यान्हपछि परीक्षण गरेको क्षेप्यास्त्र “मुसुदान” नामक शक्तिशाली क्षेप्यास्त्र भएको अमेरिकी सेनाको एक निकाय द युएस स्ट्राटेजिक कम्माण्डले अनुमान लगाएको जनाइएको छ। यस अघि उत्तर कोरियाले यस मुसुदान क्षेप्यास्त्र सात पटक परीक्षण गरिसकेको र एक पटक आंशिक सफलता पनि पाइसकेको छ।

मुसुदान क्षेप्यास्त्रको सफल परीक्षण भइ सो उपकरण प्रयोगमा ल्याइएमा दुई हजार ५०० किलो मिटरदेखि चार हजार किलो मिटरसम्मको दूरीमा जता सुकै पनि प्रहार गर्नसक्ने क्षमता हासील हुनेछ। उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र सन् २०१० को अक्टोबरमा भएको सैनिक परेडमा पहिलो पटक प्रदर्शन गरेको थियो।

संयुक्त राष्ट्रसङ्घको एक सङकल्प प्रस्तावद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधि प्रयोगमा ल्याउन गर्न प्रतिबन्ध लगाएको अवस्थामा सो प्रस्तावको उल्लङ्घन गरी उत्तर कोरियाले जबर्जस्ती ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन र परीक्षणकार्य गरेको समेत जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत सेप्टेम्बरमा उत्तर कोरियाले उत्तरपश्चिमी तटबाट करिब चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको पाँचौ पटक परीक्षण गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्योङ्गयाङगलाई थप प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेकै बखत उत्तर कोरियाले यस्तो गैह«जिम्मेवार क्रियाकलाप प्रदर्शन गरेको हो। संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न देशहरुले आणविक क्षेप्यास्त्र उत्पादन र परीक्षण नगर्न चेतावनी दिँदै आए तापनि उत्तर कोरियाले भने पटकपटक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com