नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थी शैक्षिक सुधारको माग राख्दै आन्दोलित


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

 

चैत १९, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै विभिन्न विद्यार्थी संगठन आन्दोलित भएका छन् ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी० र नेपाल विद्यार्थी संघ विश्वविद्यालयमा देखिएको शैक्षिक विकृतिका विरुद्धमा आन्दोलित भएका हुन् ।

वाल्मीकि विद्यापीठका स्ववियु सदस्य अच्युत लम्सालले शैक्षिक सुधारको माग गर्दै विश्वविद्यालयको पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार २२ वर्ष पुरानो पाठ्यक्रम परिमार्जन गर्नुपर्ने, वृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने, विश्वविद्यालय दीक्षान्त समारोह समयमै हुनुपर्ने, स्ववियु निर्वाचन मिति घोषणा गर्नुपर्ने र संस्कृत छात्रावासलाई सुदृढीकरण गर्नुपर्नेलगायतका माग रहेका छन् ।

यस्तै विश्वविद्यालयको वेभसाइट सञ्चालन गर्नुपर्ने, विश्वविद्यालयका अतिक्रमित जग्गा विश्वविद्यालयको मातहतमा ल्याउनुपर्ने, विद्यार्थीसँग गरिएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् ।

सदस्य लम्सालले विश्वविद्यालयको सम्पर्क कार्यालय र वाल्मीकि विद्यापीठमा लगाइएको तालाका बारेमा पनि प्रशासन मौन बसेको बताए । विद्यार्थी संगठनले विगत २६ दिनदेखि दुवै ठाउँमा ताला लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com