नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल बिहीबार अमेरिका प्रस्थान गरेका छन्। सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहने छ।

सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गर्नु परेका समस्या तथा चुनौती एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीतिलगायत प्रहरी र नागरिक समुदायबीचको सम्बन्ध, प्रविधिको प्रयोगसँगै देखिएका आपराधिक क्रियाकलाप, सम्बन्धमा सहभागी राष्ट्रहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताइएको छ।

सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसमेत अमेरिका प्रस्थान गरेका छन्। सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउदको सहभागिता रहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com