आगलागीबाट आठ वटा पसल जलेर नष्ट
प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार
चैत १०, बर्दिबास । महोत्तरीको रौजा बजारमा गए राति आगलागी हुँदा आठ वटा पसल जलेर नष्ट भएको छ।
आगलागीबाट चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहरामा सञ्चालित शृङ्गार पसलमा आगलागी भएको हो।
आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए।






