पूर्व जनसेना गम्भीरको ब्लड क्यान्सरबाट मृत्यु


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

चैत १०, काठमाडौ । पूर्व जनमुक्ति सेना नेपालका कम्पनी सह कमाण्डर गम्भीरको ब्लड क्यान्सरबाट मृत्यु भएको छ ।

रोल्पा माडी गाउपालिका ५ भावाङ पाछाबाङ निवासी गणेश बहादुर सितिमहर विक ९गम्भीर० जनमुक्तिसेना पाँचौ डिभिजन दहवन रोल्पा दीर्घ स्मृति व्रिगेड चार नम्बर बटालियन ए कम्पनीमा सहकमाणडरको भूमिका निर्वाह गरेका उनी पछिल्लो समय स्वइच्छिक अवकासमा निस्किएर दाङमा बस्दै आएका थिए ।

चरम आर्थिक गरिवीका कारण उपचार हुन नसकेर उनको मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

अल्प आयुमै ब्लड क्यान्सरले ग्रस्त उनी चितवनको भरतपुर क्यान्सर हस्पिटलमा उपचाररत थिए । सहासीक लडाइ लडेका उनले युद्वकालमा युद्वमोर्चा जिते पनि गरिबीका कारण क्यान्सर रोगसंग लड्न सकेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपचारकै क्रममा उनको निधन भयो । निधनले आफुलार्इ मर्माहत तुल्याएको भन्दै शोक सन्तप्त परिवारलार्इ धैर्यधारण र शक्तिप्रदान होस् भनी पूर्व जनमुक्ति सेना नेपालले परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com