पोखरामा गाडीको चाप बढ्यो, ‘लेकसाइड सातामा दुई दिन नो भेहिकल जोन हुने


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

चैत ९, पोखरा। पर्यटकीय नगरी पोखराको लेकसाइड अबदेखि सातामा दुई दिन ‘नो भेहिकल जोन’ हुने भएको छ। सवारी आवागमनको चापले पर्यटकलाई हिँडडुलमै समस्या भएको भन्दै प्रत्येक साताको शुक्रबार र शनिबार लेकसाइडमा सवारीसाधन प्रतिबन्ध लगाइएको हो।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ को करिव एक किलोमिटरको क्षेत्रमा हप्तामा दुई दिन साँझ कुनै पनि सवारी चलाउन पाइने छैन।

आजदेखि सुरु भएको ‘नो भेहिकल जोन’ प्रत्येक शुक्रबार र शनिबार साँझ ५ बजेदेखि सुरु हुनेछ। स्थानीय व्यवसायी, सराकारवाला निकाय र प्रशासनको पहलमा लेकसाइडलाई नो भेहिकल जोन बनाएपछि पर्यटन व्यवसायीहरुले खुसी व्यक्त गरेका छन्।

लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करिव एक किलोमिटर दुरीमा सवारी प्रवेश रोक लगाइने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पहिलो चरणमा बेलुकी पाँच बजेपछि दुई दिन सवारी प्रवेश निषेध गर्न लागिएको हो’ अध्यक्ष पहारीले भने ‘नो भेहिकल जोन बनाएको दिन राती अबेरसम्म पनि सवारी चलाउन पाइने छैन ।’

पहारीले हल्लनचोक पुगेका सवारीलाई क्याम्पिङचौरमा पार्किङ गर्ने र शहीदचोक हुँदै गएका सवारी बाराही मन्दिर जाने छेउको रत्नमन्दिरको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको बताए ।

५ वर्ष पहिले पनि लेकसाइडलाई ७ महिनासम्म शुक्रबार सवारी चलाउन निषेध गरिएको थियो। तर, पार्किङ लगायत व्यवस्थापकीय कठिनाइका कारणले निरन्तरता पाउने सकेको थिएन।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com