कांग्रेस नेता खड्काको स्वास्थ्य अवस्थामा थप समस्या, भेन्टिलेटरमा राखेर उपचार शुरु


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

चैत ९। काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।

खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित छन् । उनको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको उनका आफन्तले जानकारी दिएका छन् । आफन्तहरुका अनुसार उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि खड्का फागुन पहिलो साता नयाँदिल्ली गएका हुन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com