उर्जामन्त्रीले कर्मचारीलाई भने ‘म तपाईहरुको साथी पनि गार्जेन पनि तर मलाई परिणाम चाहिंन्छ’


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले बदलिएको परिस्थतिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागिय प्रस्तुतीकरण कार्यक्रमलाई विहिवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले देश संघिय संरचनामा गइसकेको भन्दै खटिएको ठांउमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

‘तपाईहरुलाई राज्यले कही अफ्ठेरो परेको छ भने हेर्छ, तर बदलिएको परिस्थितीलाई भने तपाईहरुले आत्मसाथ गर्नुपर्छ, फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस् ।’ मन्त्री पुनले सम्बोधनमा भन्नुभयो ।

म गार्जेन हो साथी पनि हो
मन्त्री पुनले आफु मन्त्री मात्र नभएर सबैको गार्जेन भएको समेत बताउनुभयो । उहाले मन्त्रालयको लिडर र गार्जेनको रुपमा आफुले काम गर्ने तर आफुलाई पनि त्यसको बदलामा परिणामुखी काम चाहिने भएकाले कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशन दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘म तपाईहरुको साथी हो,गार्जेन पनि हो, तपाईहरुलाई काम पुगेको छैन् अन्याय भएको छ भने म हेर्छु,काम पनि दिन्छु । तर मलाई तपाईहरुले जिम्मा दिएअनुसारको परिणाम दिनुपर्छ । ’ मन्त्री पुनले भन्नुभयो ।

बजेटको दुरुपयोग नहोस्
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले सरकारी सम्पतीको दुरुपयोग नगर्न समेत कर्मचारीलाई चेतावनी दिनुभएको छ ।

‘जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठुलो अपराध सरह हुन्छ, त्यसैले तपाईहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस् ।’ मन्त्री पुनले भन्नुभयो ।

तर्कले काम गर्दैन् काम चाहिन्छ
मन्त्री पुनले उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले राम्रो काम गरेर देखाउने चुनौती भएको भन्दै त्यसका लागी कार्यक्षेत्रमा इमान्दारितापुर्वक लाग्न निर्देशन समेत दिनुभयो । उहाले जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागी खरो रुपमा उत्रनुपर्ने बताउनुभयो ।

‘हामीलाई,व्यक्तिगत रुपमा मलाई पनि तर्क गर्ने ठांउ छैन्, जनताले परिणाम खोजेका छन्,जनआकांक्षालाई पुरा गर्न हामी सामुहिक रुपमा काम गरौ ।’ मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिंदै भन्नुभयो ।

उहाले जलवायु परिवर्तनको क्षेत्रमा ठुला–ठुला चुनौती रहेको भन्दै त्यसका लागी तयार रहेर बस्न समेत जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका कर्मचारीलाई निर्देशन दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com