हुम्लामा एक्कासि हिमपात कृषक दंग, एसईई परीक्षा दिने विद्यार्थीलाई समस्या
प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार
चैत ८, हुम्ला । बुधबार रातिदेखि बिहिबार बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।
हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।
हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।






