रक्षामन्त्री र्इश्वर पोखरेल, फास्ट ट्रयाक निरीक्षणमा


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

चैत ८, रक्षामन्त्री र्इश्वर पोखरेलले काठमाडौं– निजगढ फास्ट ट्रयाकको निर्माण प्रगति बुझ्न निरीक्षणमा निस्किएका छन्।

नेपाली सेनाको हेलिकप्टर चढेर निरीक्षणका लागि रक्षामन्त्री पोखरेल निरीक्षणका लागि प्रस्थान गरेका हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा ७६ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनाले पाएको थियो।

ललितपुरको खोकनाबाट सुरु भएर पूर्व पश्चिम राजमार्गसँग जोडिने फास्टट्रयाकबाट काठमाडौंबाट बाराको निजगढ दुई घण्टामा पुग्न सकिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१४ जेठ ०७४ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण कार्य ४ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com