बस दुर्घटनामा १९ को मृत्यु, २५ घाइते


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

पिलिपिन्सको साब्लायन भन्ने ठाउँमा भएको बस दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको छ ।

मंगलबार राति राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको थियो । अन्य २५ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले स्थानीय समयअनुसार राती ९.३० बजे दुर्घटना भएको बताएका छन् ।

गुडिरहेको बसका चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रकोप जोखिम व्यवस्थापन नगर कार्यालय साब्लायनका प्रमुख अक्रिस पनिल्लोले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com