मेलम्चीको पानी दशैंअघि नै काठमाडौका घरघरमा वितरण हुने : मन्त्री, विना


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् ।

अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै मन्त्री विनाले दशैअघि नै उपत्यकामा पानी वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताइन् ।

मंगलबार सिन्धुपाल्चोक पुगेर मन्त्री विनाले मेलम्ची खानेपानी निर्माण आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थलगत निरीक्षणपछि २५ दिनभित्र मेलम्चीको पानी सुन्दरीजलमा आउने व्यवस्था गर्ने वचन प्राविधिक पक्षबाट आएको खानेपानी मन्त्री विनाको भनाइ छ ।

मन्त्री विनाले स्वच्छ पानी खान पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com