काठमाडौंको बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, काठमाडौं । काठमाडौंको बानेश्वर देवीनगरमा एक युवकको हत्या भएको छ। सर्लाही घर भएर देवीनगरमा बस्ने २१ बर्षिय पुरुषोत्तम सेढाईको छुरा प्रहारबाट हत्या भएको हो। गएराति मादक पदार्थ सेवन गरेर सडकमा निस्केका सेढाई पक्ष र झापा सतासीधामका अशोक लिम्वू पक्षबीच भएको विवादमा छुरा प्रहार हुँदा सेढाई घाइते भएका थिए। उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ। छुरा प्रहार गर्ने मुख्य अभियक्त अशोक लिम्वु र घटनामा संलग्न रोहित चौधरीलाई प्रहरीले पक्रेको छ। घटनामा संलग्न संजिव राई भने फरार भएका छन्। यसैबीच रातको समयमा चोरी, कुटपिट, झैझगडा गर्ने १ सय ८ जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्रेको छ। काठमाडौंबाट ९३ जना, ललितपुरबाट ९ जना र भक्तपुरबाट ६ जनालाई नियण्त्रणमा लिएर अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com