सुर्खेतमा मुसा कुहाएर तयार गरिएको घरेलु मदिरा नियन्त्रण


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, सुर्खेत । तपाईं मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ ? ख्याल गर्नुस् यस्ता घरेलु मदिरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । हुन त मदिरा सेवन स्वास्थ्यका हिसाबले हितकर होइन ।

घरेलु मदिरा उत्पादन गर्दा प्रयोग गरिने कच्चा पदार्थमा मिसाइने अखाद्य पदार्थ, कुहिएका कपडा, फोहर बारेका तथ्यहरु विभिन्न समयमा सार्वजनिक भएका छन् । मोजा, जुत्ता, पुराना कपडा लगायत घरेलु मदिरालाई कडा बनाउने नाममा मिसाइने गरेको फेला पर्ने गरेका छन् । तर सुर्खेतमा भने रक्सीलाई कडा बनाउने भन्दै मुसा मिसाइएको फेला परेको छ । जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मुसा कुहाएरको बनाएको मदिरा नियन्त्रणमा लिएको छ ।

लाटीकोइलीदेखि तातापानी जाने बाटोमा रहेका तीन ओटा घरमा जिल्ला प्रहरी कार्यालयले खानतलासी गर्दा घरेलु मदिरामा मुसा कुहाउने गरिएको तथ्य खुलेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बरामद गरिएको घरेलु मदिरामा मुसा कुहाइएको पाइएको छ भने साङला, अन्य मासुहरु समेत कच्चा मदिरामा मिसावट गरिएको बताए । उनका अनुसार मदिरामा कुहिएका कपडाहरु प्रयोग गर्ने गरिएको यसअघि पनि सार्वजनिक भएको थियो ।

मदिरालाई ‘कडक’ बनाउन मुसा मिसाइएको हुनसक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मात्रै तीन ओटा घरबाट करिब २ सय लिटर पक्की र ३५० लि। कच्चा मदिरा बरामद गरेको हो ।
नागरिकको स्वाथ्यमाथि खेलवाड गर्ने गरी मुसा कुहाएर मदिरा उत्पादन गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्न सर्वसाधारणले माग गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक भानु अधिकारीले सुर्तिजन्य र मदिराजन्य पर्दाथ सेवन गर्न रोक्ने ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुको साटो सरकार सुस्ताएको आरोप लगाए । उनले घरेलु मदिराका कारण भारतको मुम्बइमा सयौं जनाको ज्यान गएको स्मरण गराउँदै त्यसो हुन नदिन स्थानीय प्रशासन थप कडाइका साथ लाग्नुपर्नेमा जोड दिए ।

तर स्थानीय प्रशासनले मात्रै नियन्त्रण गर्न गाह्रो रहेको बताउँदै उनले सबै सचेत हुनुपर्ने बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com