अस्ट्रेलियाले नयाँ भिसा प्रक्रिया जारी गर्यो, दुई वर्षे भिसामा अष्ट्रेलिया पुगेकाहरु फर्कनुपर्ने


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

चैत ६, काठमाडौं । अस्ट्रेलियाले नयाँ भिसा प्रक्रिया जारी गरेको छ । अस्ट्रेलियाले गएको आइतबारदेखि दुई किसिमको भिसा प्रक्रिया सुरु गरेको हो ।

यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि सुरु गरिएको भिसालाई छोटो अवधि र लामो अवधिको भनेर वर्गीकरण गरिएको छ ।

लागू गरिएको भिसाको सर्त विद्यार्थीलाई पूरा गर्न कठिन हुने बताइएको छ । लामो भिसामा अस्ट्रेलिया जाने विदेशी कामदारले स्थायी बासिन्दा ९पीआर० को अनुमतिका लागि आवदेन दिन पाउनेछन् । तर, छोटो भिसामा जानेहरुले उक्त सुविधा लिन नपाउने भएका छन् ।

भिसा दुई वर्षे भिसामा अष्ट्रेलिया पुगेकाहरु फर्कनु पर्नेछ भने चार वर्षका लागि वर्षका लागि जानेहरूले ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिन पाउनेछन् । यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अस्ट्रेलियामै रहेका कामदारलाई प्राथमिकता दिएको हुनुपर्ने सर्तसमेत राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन क्षेत्रमा काम गरिरहेका विज्ञहरूका अनुसार यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भए पनि नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ । यस भिसामा विदेशबाट आउन चाहनेहरूले कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने र उनीहरूको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com