१०४ वर्ष पुरानो जेल : ७५० क्षमता, २६९६ कैदी, जेल सुधार्ने गृहमन्त्रीको प्रतिवद्धता


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

u[xdGqL yfkf sf/fuf/ cjnf]sg u[xdGqL /fdaxfb’/ yfkf d+unaf/ ;’Gwf/fl:yt s]Gb|Lo eb| / dlxnf sf/fuf/sf] cjnf]sg ug'{x’Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

सेन्ट्रल जेलको अवस्था हो यो । जहा अपराध गरेर आउनेहरु सजाय काट्दछन् । यस्तै भद्रगोल अवस्था थाहापाएपछि गृहमन्त्री रामबहादुर थापाले मंगलवारविहान सेन्ट्रल जेल र डिल्लीबजारस्थित कारागार पुगेर निरिक्षण गरेका छन् ।

आफ्ना सहयोगीसहित त्यहा पुगेका गृहमन्त्री थापा नै त्यहाको अवस्था देखेर तीन छक्क परे । लामो समयदेखी समस्याको पोको बोकेर बसी रहेका कारागार प्रशासनले गृहमन्त्रीसामु बुँदागत रुपमा समस्या र कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

कारागारको अवस्था

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो कारागार १०४ वर्ष अघि निर्माण गरिएको हो । नेपालमा कारागारको इतिहास वि.स. १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार सदरजेल हालको कारागार कार्यालय काठमाण्डौ जगन्नाथदेवल हो । जसको क्षमता ७५० जनाको रहेको छ । तर सो जेलमा अहिले २६५० जना कैदीबन्दीका साथै बालसुधार गृह सानोठिमीमा १५० भन्दा बढी कैदीबन्दी बालबालिका रहेका छन् । हाल कारागारमा ८ सय भन्दा बढि विरामी अवस्थामा रहेका छन् । कारागारमा भूकम्पले क्षति पु¥याउँदा १६ जनाको मृत्यु भएको थियो ।

कैदीको समस्या र प्रश्न ?

सिदाबापत दैनिक प्राप्त ४५ रुपैयाँ निकै कम भएको कैदीबन्दीहरुले गुनासो गर्दै आएका छन् । कारागार कम्पाउन्डमा भरपर्दो सुरक्षा गेट नभएको, कैदीबन्दीका आफन्तहरुलाई चेकजाँच गर्ने स्थानको अभाव, पर्याप्त सेन्ट्री पोस्टको अभावका साथै रात्रि ड्युटीमा रहने सुरक्षाकर्मीलाई आवासको व्यस्था नहुँदा सुरक्षा चुनौती बढेको समस्याबारे पनि प्रशासनले गृहमन्त्रीलाई अवगत गराइएको जेलर गणेश भट्टराईले जानकारी दिनुभयो । कारागार वरिपरि अग्ला भवनका साथै उत्तरमा नजिकै रहेको सिटिसी मल सुरक्षा चुनौतीका रुपमा रहेको कारागारको भनाइ छ ।

गृहमन्त्रीको जवाफ –

गृहमन्त्री थापाले सरकारले तीन चार महिनाभित्र देशैभरका जेल सुधारका लागि ठोस कार्यक्रम ल्याउने जानकारी दिनुभयो । उहाले सुन्धारामा जेल राख्ने किन नराख्ने भन्नेबारेमै सरकारले पुनविर्चार गर्ने बताउदै त्यहाबाट नुवाकोटमा सार्न सकिने बताउनु भयो । यहाँ धेरै सुधार गर्नुपर्ने देखिएको बताउदै एउटा ब्लकमा मात्रै १६ सय कैदीबन्दी रहेको जानकारी दिनुभयो । ठाउँ सानो र कैदी धेरै भएको उल्लेख गर्दै कैदीबन्दीहरुले उठाएका समस्याको समधान गरिने समेत बताउनु भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com