धुर्मुसले पुनःनिर्माण मन्त्रालय मागेपछि ओलीले दिए एकाएक यस्तो खुशीको खबर


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

काठमाण्डौ – समाजसेवी तथा कलाकार सितारम कट्टेलले देश विकासका लागि आफू जस्तोसुकै भुमिका पनि निर्वाह गर्न सक्ने बताएका छन् ।
ऋषि धमलासँग कुरा गर्दै कलाकार कट्टेलले आफू काम गर्न सक्षम रहेको बताएका हुन् ।

आफ्नो नजरमा जे काम पनि सम्भव भएको बताउँदै कट्टेलले पछिल्लो समय आफूले गरेको कामको अनुभवले पुनः निर्माण र भौतिक पूर्वाधार निर्माणसम्बन्धी ज्ञान हासिल गरेकाले देशका लागि आवश्यक परेको खण्डमा तयार रहेको बताए ।

Image result for धुर्मुसले पुनःनिर्माण मन्त्रालय मागेपछि ओलीले दिए एकाएक यस्तो खुशीको खबर

केपी ओली नेतृत्वको सरकारमा पुनः निर्माण मन्त्रालयको जिम्मा पाउनुभयो भने के गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा कट्टेलले पुनः निर्माणको मात्र नभै राष्ट्रनिर्माणको जिम्मेवारी सरकारले दिन्छ भने तयार रहेको बताए । “मैले गर्न नसक्ने केही पनि छैन जस्तो लाग्छ ।” उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्पपछिको पुनः निर्माणको काम सरकारले सन्तोषजनक रुपमा गर्न नसकेको बताउँदै कट्टेलले सरकारी निकायबिच योजना र प्रतिवद्धताको खाँचो रहेको बताए । भौतिक पूर्वाधार निर्माण मन्त्रालय तपाईले पाउनुपर्छ, यसमा सहमत हुनुहुन्छ रु भन्ने धमलाको प्रश्नमा कट्टेलले हाँस्दै भने, “देशको विकास र पुनः निर्माणलाई गति दिनका लागि हामी सहयोग गर्न चाहन्छौँ ।”

पछिल्लो समय नमुना नेपाल निर्माण अभियानमा आफूहरु केन्द्रित रहेको बताउँदै उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

नमुना नेपाल निर्माणको काम निकै चुनौतिपूर्ण भएको भन्दै उनले काम गरौँ भावना भएकाले सफल बनाउन सकिने बताए । “धुर्मुस सुन्तली फाउण्डेसन धुर्मुस र सुन्तलीको मात्रै होइन । समग्र नेपालीहरुको हो । त्यसैले हामी सफल हुन्छौँ ।

डिपिआर निर्माणका लागि अहिले काम सुरु भइसकेको उनले जानकारी दिए । नमुना नेपाल निर्माणपछि नेपाललाई अन्तराष्ट्रिय समुदायले महत्वका साथ हेर्ने उनको दाबी छ । सरकारले पनि नमुना नेपाल निर्माण अभियानमा सहयोग गर्ने विश्वास उनले गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com