प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगे, मेयर चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

चैत ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले उनको अवस्था खतरमुक्त बताएका छन् ।
प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।
‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भने ‘उपचारमा कुनै पनि कसर बँँकी नराखी गर्नुहोस् ।’
मेयर चौधरीलाई अपरिचित समुहले गत सोमबार ९फागुन २८ गते० घोडाघोडी मै गोली र खुकुरी हानेर सख्त घाइते भएका थिए ।
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताएका छन् ।
चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुगेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com