आसै मारेको छोरालाई अस्पतालमा भेटेपछि ! मृत्यु जितेका बसन्त बोहोरा विमान दुर्घटनाबारे बताउँदै (भिडियो)


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

काठमाडौँ । विमान दुर्घटनामा भाग्यले बाँचेका बसन्त बोहोराको अवस्था अहिले सामान्य बन्दैै गइरहेको छ । दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा खोज्दै धावनमार्गमा धसारिएपछि आगलागी भएको बसन्त बोहोराले बताए ।

३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेपछि बसन्त बोहोरा विमानको झ्याल फुटाएर बाहिर निस्किएपछि भाग्यले बाँचेको बताएका छन् ।

उनले अस्पतालमा पटक पटक खुशीले रुँदै भने म त बाँचे तर दुख लागेको छ सँगै मेरै सिटमा बसेका नेपाली दाजुभाईहरुको अवस्था देख्दा र सुन्दा धेरै दुख लागेको छ । चारजना चालक दलका सदस्य ७१ जना सवार रहेको उक्त विमान दुर्घटनामा परेपछि आगो लागेको थियो ।

केही यात्रुको सकुशल उद्धार गरिएको छ । बंगलादेशको यूएस बंगला एयरलाइन्सको ड्यास ८ क्यू ४०० उक्त विमान सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लेर दुर्घटना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com