प्रहरीको अगुवाइमा बालविवाह न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, रोल्पा । जिल्लामा बढ्दै गएको बालविवाह न्यूनीकरण गर्ने भन्दै रोल्पाका सरोकारवाला चेतनामूलक कार्यक्रममा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको अगुवाइमा जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायको सहभागितामा समुदायमा आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जिल्लाका सबै गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि सडक नाटक, अन्तक्र्रिया, पोष्टरिङ तथा घरदैलो भेटघाटका माध्यमबाट त्यस्ता कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लाको माडी, सुवर्णावती, लुंग्री गाउँपालिका र रोल्पा नगरपालिकामा सो कार्यक्रम सञ्चालन गरिसकेको प्रहरीले बाँकी गाउँपालिकामा समेत कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

जिल्लामा हत्या, हिंसा, चोरी डकैतीजस्ता जघन्य अपराध नदेखिए पनि घरेलु हिंसा र जातीय विभेद ब्याप्त रहेको हुँदा यस्ता कुसंस्कारको न्यूनीकरणका लागि आफूहरु लागि परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए ।

प्रहरी कलाकारद्वारा नै सडक नाटकका माध्यमबाट यस्ता विकृति न्यूनीकरणका अभियान सञ्चालन गरेका छौन् फुयालले भने । सामाजिक चेतनाको स्तर निकै पछि रहेका कारण देशका अन्य जिल्लाको तुलनामा रोल्पामा यस्ता समस्या देखिएको उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालविवाह न्यूनीकरणका लागि आफूहरुले पनि पटकपटक अभियान चालेको भए पनि सार्थकता पाउन नसके पनि प्रहरीको अभियानले यसलाई थप सहयोग गर्ने लुग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले विश्वास व्यक्त गरे । विद्यालयस्तरीय कार्यक्रमका माध्यमबाट सामाजिक विकृति अन्त्य गर्न मद्दत पुग्ने खड्काको भनाइ छ । बालविवाहकै कारण जिल्लामा सम्बन्धबिच्छेद गर्नेको संख्यासमेत थपिँदै जाँदा पारिवारिक बिग्रह बढ्दै गएको खड्काले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com