एनआरएन खेलकुद समितिले पायो पूर्णता


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

हेमन्त काफ्ले

गैर आवासीय नेपाली संघले विविध विषयलाई महत्त्व दिने क्रममा बनाएको केन्द्रीय खेलकुद समितिलाई कार्य समितिको आज्ञाले केन्द्रीय संयोजक तथा प्राध्यापक राजु मानन्धरले पूर्णता दिएका छन्।

४१ सदस्यीय कार्य समितिमा हरेक महादेशको पनि जिम्मेवारी छुट्टाइएको छ। खेलकुद प्रवासमा छरिएर रहेका नेपालीलाई एकताको साङ्लोमा बाध्ने महत्वपूर्ण माध्यम पनि हो। हामीले खेलकुदको माध्यमबाट सबैलाई सबैसँग एकताको सुत्रमा बाध्ने प्रयास गर्नेछौं ,संयोजक तथा फुटबल संघका पूर्व काेषाध्यक्ष राजु मानन्धरले बताए।

एनआरएन खेलकुद समितिको सल्लाहकारहरूमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, फुटबलका भेट्रान तथा साफका गाेल्ड मेडलिस्ट उमेश प्रधान, साफमा उसूतर्फ स्वर्ण पदकधारी बिनिता महर्जन र तेक्वान्दोका ग्रान्डमास्टर दिवाकर डान महर्जन, पत्रकार अजय फुयाँल फुटबलकै सुवास श्रेष्ठ तथा गिनिज बुक वल्ड रेकर्डसमा दोहोरो किर्तिमान कायम गर्ने उज्वल ठकुरीलाई मनोनयन गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिको केन्द्रीय संयोजकमा अस्ट्रेलियाको सिड्नीमा रहेका फुटबलर तथा प्राध्यापक राजु मानन्धर तथा अमेरिकाबाट सन्जिव श्रेष्ठ (संयोजक), सह संयोजकमा शान्त ठोकर, हेम पाण्डे, बिनोद बिष्ट, कृष्ण बलाल र क्यानडाका गिर प्रसाद बुढाथोकी रहेका छन्।

यस्तै, एशियाबाट मुकेश बरुवाल (संयोजक) बिनोद विष्ट, राम कार्की (मकाउ),जापानबाट बसन्त गौचन, कोरियाबाट बिरज पाण्डे, बिपीन गुरुङ, मलेसियाबाट सन्तोष गुरुङ, योगेन्द्र कोइराला रहेका छन्। मध्यपूर्वको संयोजकमा नविन पौडेल रवी शाही, हिरालाल श्रेष्ठ र गोविन्द श्रेष्ठ रहेका छन्। ओसेनिया क्षेत्रको संयोजकमा भुपाल सिटौला, सह संयोजकमा प्रकाश खरेल, श्याम पौडेल,सचिवमा माधव ढुंगाना सदस्यहरूमा सुमन बोहरा, विरेन्द्र श्रेष्ठ, सजित विष्ट, रोशन केसी, महेश सिंह , सागर प्रजापति, टिका थापा, रेमन कैसी र सुदिप पराजुली रहेका छन्।

यस्तै, युरोपको खेलकुद संयोजकमा कृष्ण केसी, सह संयोजकमा सुजन कुँवर तथा सदस्यहरूमा सूर्य भट्टचन, सोभितराम जीसी, नारायणकाजी मगर रहेका छन्। संघले कराँतेका पुराना खेलाडी स्वयम्भुराज डंगोलको संयोजकत्वमा नेपाल च्याप्टर समेत गठन गरेको छ। डैगोल संयोजक रहको समितिको सह संयोजकमा बिमला रानामगर ,यम बहादुर गुरुड र सचिवमा सजेश सायमी रहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com