एनसीसी बैंकमा सीआइबीको छापा, ३० बढी पक्राउ


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ ।

काठमाडौंको बागबजारस्थित एनसीसी बैंकमा बोर्ड बैठक जारी रहेको बेला प्रहरीको टोलीले छापा मारेको हो ।

बैंक मर्जका बेला करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान गरिरहेको छ । प्रहरीले केहीवेरमै घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताउनुभयो ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com