वृद्धाश्रमको पूर्वाधारका लागि महायज्ञबाट रु ४० लाख


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज, तुलसीपुरको आयोजनामा तुलसीपुर उममहानगरपालिका–१२ रझेनामा रहेको केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले गत फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महायज्ञबाट रु ४० लाख रकम आम्दानी भएको छ ।

वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष तथा महापुराण मूल आयोजक समितिका अध्यक्ष खुमानन्द अधिकारीले दिनुभएको जानकारीअनुसार रु ३० लाख नगद र १० लाखको जग्गा गरी कूल रु ४० लाख रकम आम्दानी भएको हो ।

सो महायज्ञमा टेन्ट व्यवस्थापन, खादा तथा प्रमाणपत्र खरिद, प्रचारप्रसार र मूलवाचक तथा भजन टोलीका सदस्यलाई पारिश्रमिक र भोजन गरी करिब रु छ लाख खर्च भएको पनि संयोजक अधिकारीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१२ रझेना निवासी दानवीर नारायणप्रसाद गौतम र उहाँकी धर्मपत्नी शान्ता गौतमले आफ्ना स्व बुबा केशव आचार्य तथा आमा झुपा आचार्यको स्मृतिमा वृद्धाश्रम निर्माण गर्नका लागि केही समय अगाडि दुई बिगाहा अर्थात् रु चार करोड मूल्य बराबरको जग्गा वृद्धाश्रम निर्माणका लागि वृद्ध सेवा समिति तथा ज्येष्ठ नागरिक समाज तुलसीपुरलाई प्रदान गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही जग्गामा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माणका लागि यसपटक महायज्ञ आयोजना गरिएको हो । महायज्ञको समापनका दिनमा दानवीर दम्पतीलाई विशेष नागरिक अभिनन्दनसमेत गरिएको थियो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com