खोटाङका वडाध्यक्ष लीला चौहानमाथि आक्रमण


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।

गएराति घर फर्कंदै गरेको अवस्थामा आक्रमणमा परेका हुन् । आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए ।

घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com