घुम्न आएका विदेशी पर्यटक होटलमा मृतावस्थामा फेला


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

पोखरा, १ चैत– पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाइडस्थित एक होटलको कोठामा बस्तै आएका एक विदेशी आज मृतावस्थामा फेला परेका छन् ।

लेकसाइडको होटल ह्वाइट पियर्लको कोठा नं ७०१ मा २८ वर्षीय युक्रेनी आनपोन कुज्निफोब बिहान मृतावस्थामा भेटिएको प्रदेश नं ४ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।

उनका अनुसार फागुन २८ गतेदेखि कोठामा एक्लै बस्तै आएका उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचारका लागि लगिएकामा चिकित्सकले आठ घण्टा अगाडि नै मृत्यु भएको घोषणा गरेका थिए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com