उपसभामुख निर्वाचनः शिवमाया र पुष्पाको उम्मेदवारी


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

–महिला खबर–

ललितपुर । भोली शुक्रबार हुने उपसभामुख निर्वाचनका लागि एमाले र कांग्रेसबाट दुई महिलाले उम्मेदवार दिएका छन् । उपसभामुखका लागि नेकपा एमालेकी डा.शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुषालले उम्मेदवारी दर्ता गराएका हुन् ।

दुवै जनाले आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेर उम्मेदवारी दिएका छन् । मोरङकी तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् । वाम गठबन्धनको सहमति अनुसार सभामुख माओवादी केन्द्रले लिएपछि उपसभामुख पद एमालेको भागमा परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट उपसभामुखमा पुष्पा भुषालले उम्मेदवारी दिएकी छन् । अर्घाखाँचीकी भुषाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति शुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । भोली (शुक्रबार) दिउँसो १ बजे उपसभामुखको निर्वाचन हुँदैछ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक– फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com