आज गृहमन्त्री बादल र अमेरिकी राजदूतबीच शिष्टाचार भेटर्वार्ता


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

 

चैत १, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

गृहमन्त्रालयमा भएको उक्त भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको र पछिल्ला दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै गएको बताए।

उनले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणमा अमेरिकाले गर्दै आएको उदार सहयोगको सराहना गरे ।

अमेरिकी राजदूत टेपलेट्जले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकोमा मन्त्री थापालाई बधाई दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

राजदूतले मानव तस्करी नियन्त्रण, भुटानी तथा तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेका थिए।

यस्तै, अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरवलोकन हुनुपर्नेलगायतका विषयलाई उनले उठाएका छन् ।

मन्त्री थापाले ती विषयहरुमाथि मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने विश्वास दिलाएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com